Logo
Logo

स्कटल्यान्डविरुद्ध नेपालको जित


252
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपाल प्रतियोगितामा पहिलो जित निकाँल्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भयो । जवाफमा नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए । त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए ।

नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए । उनीसँग करण केसी ३ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्