Logo
Logo

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख सिंह पक्राउ


756
Shares

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई केहि दिनअघि नेपालगञ्जबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरेर बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिए । अहिले बाँके मै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ ।

यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । अहिलेसम्म यो बैंक घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । अन्यको संलग्नता देखिएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । २०६० सालमा स्थापना भएको यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्