Logo
Logo

नागार्जुनका मेयर बस्नेत घुस काण्डमा दोषी ठहर


3.3k
Shares

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस काण्ड र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको छ । 

अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको र १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो । 

बस्नेतको कैद सजाय निर्धारण गर्न विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ । यद्यपि, उनकी पत्नी उर्मिलालाई भने अदालतले आरोपबाट सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्