Logo
Logo

त्रिविले १० थरी सेवा असार १५ देखि अनलाइनबाटै दिने


693
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असार १५, २०८२ देखि ट्रान्सक्रिप्ट, मार्कसिटसहित १० प्रकारका सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने भएको छ ।  विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा यी सेवाहरू सफलतापूर्वक परीक्षण गरिसकिएको र अब विद्यार्थीहरूले आफ्नै अनलाइन पोर्टलबाट आवेदन भरी यी सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख छ । 

The current image has no alternative text. The file name is: TU.jpg

अनलाइन भुक्तानीसहित उपलब्ध हुने सेवाहरूमा त्रिवि रजिस्ट्रेसन आवेदन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योग आवेदन, शैक्षिक कागजातमा नामरथरररजिस्ट्रेसन संशोधन, विभिन्न सिफारिस पत्र, प्रमाणपत्र प्रमाणीकरण र ट्रान्सक्रिप्टरमार्कसिटको प्रतिलिपि समावेश छन् । 

वार्षिक करिब पाँच लाख विद्यार्थीलाई लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, मूल प्रमाणपत्र, रजिस्ट्रेसन, माइग्रेसनलगायत यी १० सेवाहरू प्रदान गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

त्रिविले शैक्षिक क्यालेन्डर लागू गरी परीक्षा प्रणालीलाई व्यवस्थित गरेको र समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा उल्लेखनीय सफलता हासिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्