Logo
Logo

नेपाललाई फिल्डिङको निम्तो, करनको स्थानमा रिजन


882
Shares

काठमाडौं । नेपालले स्कटल्यान्ड त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत अन्तिम खेलमा टस हारेको छ । 

योसँगै स्कटल्यान्डले नेपाललाई फिल्डिङको निम्तो दिएको छ । बायाँ हाते बलर रिजन ढकाल टोलीमा परेका छन् । रिजन करनको ठाउँमा टोलीमा परेका हुन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।

पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रतिक्रिया दिनुहोस्