Logo
Logo

होटल -रेष्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ साउन ।
सरकारले होटल तथा रेष्टुरेन्ट बन्द गराउने निर्णय गरेको छ । कोरोना संक्रमण बढेपछि यस्तो निर्णय गरेको हो । तर, होटल तथा रेष्टुरेन्टहरुले प्याकेटमा खाना भने बेच्न पाउने छन् ।


साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’ जोखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्