Logo
Logo

कोरानाबाट थप तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ साउन । नेपालमा थप तीन जनाको कोरोनबाट मृत्यु भएको छ । ललितपुरस्थित पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जनाए । उनका अनुसार जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो ।
ती पुरुष पुरानो निमोनियाका बिरामी भएको र गत महिना अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान मृत्यु भएको हो । त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । टेकुबाट रिफर गरेर पाटन अस्पताल पु¥याएकी ७८ वर्षीया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो । उनलाई २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्