Logo
Logo

नेपाली क्रिकेट टोली स्वदेश फर्किए


315
Shares

काठमाडौं । स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।

नेपालले लिग २ को एकदिवसीय शृङ्खलामा  नेपालले ३ खेल जितेको थियो, भने एक खेलमा पराजित भएको थियो । त्यस्तै टी-२०आई शृङ्खलामा नेपालले ४ मध्ये २ खेल जित्यो । 

नेपाली टोलीले अब टी-२० विश्वकप छनोटको तयारी थाल्नेछ । त्यसका लागि नेपालले भारत, श्रीलङ्का र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने  छ । सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृङ्खला पनि खेल्ने तय छ ।

प्रतिक्रिया दिनुहोस्