Logo
Logo

कोरोनामुक्त घोषणा गरिएको १०२ दिनपछि न्युजिल्याण्डमा भेटिए संक्रमित


- दृष्टि न्युज/संवाददाता


वेलिङ्टन, २८ साउन (एजेन्सी) । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् । तर, उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् ।
अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ । समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको संक्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लाग्नु भएको उल्लेख छ ।
उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेका छन् । अहिले संक्रमित भएकामध्ये पहिलो संक्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्