Logo
Logo

पत्रकार बाँनिया मृत भेटिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ साउन । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा फेला परेको बताइएको छ । कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै कान्पिुरले बुधबारमात्रै प्रहरीमा निवेदन दिएको थियो ।
महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार पत्रकार बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँले बागमती बगरमा चिप्लिएर नदीले बगाएको आशंका गरिएको छ । स्थानीयले गत सोमबार दिउँसो एक पुरुषले बल्खु पुल मुनि चिप्लिएको र उनलाई उद्धारका लागि बाँस र डोरी दिँदा पनि बचाउन नसकिएको बताएको प्रहरीले जनाएको छ ।
पत्रकार बाँनियाको शव बुधबार बिहान भेटिएको बताइएपनि उनको शव मंगलबार नै भेटिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो नै फेला परेको थियो । भीमफेदी गाउँपालिका–८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले उनको शव देखेका थिए । बगाउँदै ल्याएको शव ड्यामका डन्डीहरुमा च्याप्पिएको अवस्थामा फेला परेको आशंका गरिएको छ । मंगलबार नै शव भेटिए पनि सनाखत भने भइसकेको थिएन । उनको शरिरमा लुगा नभएकाले प्रहरीलाई पहिचान गर्न कठिन भएको थियो । बानियाँको टाउकोमा चोट देखिएको बतइएको छ । पानीमा बग्दै आउँदा चोट लागेको हुन सक्ने डिएसपी रानाले आशंका गरेका छन् ।  बाँनियाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्