Logo
Logo

चितवन राइनोजले ६ खेलाडीलाई गर्‍यो रिटेन


441
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि चितवन राइनोजले ६ खेलाडीलाई रिटेन गरेको छ । 
चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सची सार्वजनिक गरेको हो । 

चितवनले आफ्ना मार्की खेलाडी तथा कप्तान समेत रहेका कुशल मल्ललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । चितवनले रिटेन गरेको अन्य खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् ।

चितवनले अनुभवी खेलाडी शरद भेषवाकर लगायत ६ खेलाडीलाई रिलिज गरेको छ । दिपेश श्रेष्ठ, बिपिन रावल, सन्तोष कार्की,रञ्जित कुमार र  सलाउद्दिन खानलाई रिलिज गरेको छ । 

प्रतिक्रिया दिनुहोस्