Logo
Logo

नेप्सेमा झिनो अङ्कको गिरावट


189
Shares

The current image has no alternative text. The file name is: Share-market-down.jpg

काठमाडौं । सातको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से, आज भने करिब स्थिर रहेको हो ।

मङ्गलवार नेप्से परिसूचक ०.२२ अङ्क घटेर २६००.५३ विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार करिब साढे ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार ३१६ स्टकको ६२ हजार ७५५ पटकको कारोबारमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सका सेयरमूल्य सर्वाधिक ८.०१ प्रतिशत बढेको छ । सो कम्पनीको सेयरमूल्य १०२ रुपैयाँ ५० पैसा बढेर १ हजार ३८१ रुपैयाँ ४७ पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सर्वाधिक ५.१७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनको करिब २४ करोडको  सेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्