Logo
Logo

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

हेटौंडा, २९ साउन । वाग्मती प्रदेशको राजधानी हेटौंडा–३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंँडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो ठोक्किँदा दुर्घटना भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका–५ डिल्लीपुरका करीब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी–५ वसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्