Logo
Logo

तरुण दलले ‘आमा घर’मा बाँड्यो फलफूल र स्वास्थ्य सामाग्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ साउन । नेपाल तरुण दल केन्द्रीय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा फलफूललगायत स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं पुर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको ८१औँ जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त सामाग्री वितरण गरेको हो ।
कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै तरुण दलले छोटो कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा सहयोग गर्ने नेपाली कांग्रेस, ललितपुर जिल्ला कार्यसमितिका आजिवन सदस्य सन्तोषराज केसी र नेपाल विद्यार्थी संघका पुर्वकेन्द्रिय सदस्य रवि थापालाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्