
काठमाडौं । नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले बैशाख २८ गते राजीनामा दिएका हुन् । यद्यपी उनले यसबारेमा केहि बोलेका छैनन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले राजीनामा दिएको र उनको राजीनामा स्विकृत समेत भइसकेको जानकारी दिए । ऐरीले घरायसी कारण राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।