Logo
Logo

सिन्धुपाल्चोकको भीषण पहिरो, २१ घर परिवारसहित पुरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोले कम्तीमा २१ घर परिवारसहित पुरेको छ । वडाध्यक्ष प्रताप लामाले दिएको जानकारीअनुसार २१ घरमा रहेका सबै मानिस पुरिएका छन् । करिब ४० जना पुरिएको आशंका गरिएको छ ।


पहिरो गाउँको बीच भागबाट गएकाले कति घर पुरिएका हुन् भन्ने अझै एकिन हुन सकेको छैन । जिल्लाको सबैभन्दा विकट वडा भएकोले हेलिकोप्टरबाट उद्धार टोली जाने तयारी भइरहेको छ । जनप्रतिनिधि गाउँमै भएपनि हिंडेर लिदि पुग्न पूरा एक दिन लाग्छ ।
भूकम्पपछि गाउँ नै पहिरोको जोखिममा परेको भूगर्भविद्को अध्ययनले देखाएको थियो । सुरक्षित ठाउँमा स्थानान्तरण हुन नसक्दा एकसय ७२ घरधुरी रहेको लिदिका स्थानीयवासी त्रासमा बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्