Logo
Logo

लोक सेवाको सहसचिव परीक्षामा ‘सेटिङ’ ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० साउन ।
लोक सेवा आयोगले सञ्चालन गरेको सहसचिवकै परीक्षामा मिलेमतो देखिएको छ । नतिजामा चलखेल भएको आधार देखिएपछि आयोगले बिहीबार राजपत्रांकित प्रथम श्रेणी(सूचना प्रविधि विज्ञ)को लागि लिइएको लिखित परीक्षाका नतिजा रद्द गरेको छ । आयोगले यससम्बन्धमा छानबिन समेत अघि बढाएको छ ।


यसअघि दरखास्त स्वीकृत भएका उम्मेदवार मात्र सम्मिलित हुने गरी फेरि परीक्षा सञ्चालन गरिने आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले बताइन् ।
आयोग स्रोतका अनुसार एक पदका लागि भएको सो बिज्ञापनमा १० जनाले लिखित परीक्षा दिएकोमा तीन जना उत्तिर्ण भएका थिए । उनीहरुको गत असारमै अन्र्तवार्ता तय भएको थियो । तर, लिखित परीक्षाको नतिजामै मिलेमतोको सूचना आएपछि स्थगित गरिएको थियो । ‘थप छानबिन गर्दा कापी जाँच्ने र परीक्षार्थीबीच मिलेमतोको पर्याप्त आधार देखिएपछि लिखित परीक्षाकै नतिजा रद्द गरेका हौं,’ आयोगका एक उच्च अधिकारीले भने । आयोगले विभिन्न क्षेत्रका विज्ञहरुलाई यसरी काँपी जाँच्न लगाउने गर्दछ । परीक्षामा कोडिङ र डिकोडिङ हुने भएपनि कापी जाँच्ने विज्ञ पत्ता लगाएको हुनसक्ने आशंका गरिएको छ । परीक्षार्थी र विज्ञ दुवैलाई आयोगले कारबाहीको तयारी गरेको छ ।
यसअघि छोरीले दिएको लिखित परीक्षाको कापी बुबाले जाँचेको खुलेपछि आयोगले परीक्षा रद्द गरी बुबा–छोरीलाई नै कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्