Logo
Logo

प्रहरी सामूहिक नेतृत्वमा, आईजिपीले बढाए एआईजीको अधिकार


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, ३० साउन ।
नेपाल प्रहरी सामूहिक नेतृत्व प्रणालीमा अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले महानिरीक्षकमा केन्द्रीत अधिकार बिकेन्द्रीत गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रहरीको नीति निर्माण समिति(पिसीसी)को बैठकमार्फत प्रहरी महानिरीक्षकको सचिवालयमा केन्द्रीत अधिकार अन्य विभागमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।

बैठकले महानिरीक्षकको सचिवालय मातहतका महाशाखाहरुलाई अन्य विभाग अन्र्तगत राख्ने निर्णय गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम हेर्ने जिम्मेवारी कार्य तथा अपराध अनुसन्धान विभाग अन्र्तगतको सुरक्षा महाशाखालाई दिइएको छ भने सवारी महाशाखा पनि अपराध अनुसन्धान विभाग अन्र्तगत राखिएको छ ।

सचिवाल मातहत रहेका प्रशासन महाशाखा, यूएन महाशाखालाई मानव स्रोत तथा प्रशासन विभाग मातहत राखिएको छ । त्यस्तै, नेपाल प्रहरी संगित बिद्यालयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्र्तगत तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सीलरसँग समन्वय गर्ने जिम्मेवारी कार्य विभागलाई दिइएको छ । सर्वेन्द्र खनालको कार्यकालमा उनले प्रहरीका कामहरु महानिरीक्षकको सचिवालयमा केन्द्रीकृत गरेका थिए । जसले गर्दा आईजिपी र एआईजीबीच सम्बन्ध चिसिएको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नियुक्त भएकै दिनमा आफू सामूहिक नेतृत्व प्रणालीमा चल्ने घोषणा गरेका थिए । सोही अनुसार महानिरीक्षकमा केन्द्रीत अधिकार उनले बिकेन्द्रीत गरेको छ । विगतमा जस्ता प्रहरी नेतृत्वमा यसपटक असमझदारी पनि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्