Logo
Logo

साताको अन्तिम कारोबारको दिन सामान्य अङ्कले घट्यो नेप्से 


252
Shares

The current image has no alternative text. The file name is: Share-market-down.jpg

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि करिब स्थिर रहेको नेप्से, आज बिहीबार घटेर बन्द भएको हो ।

बिहीबार, नेप्से परिसूचक ४.४५ अङ्क घटेर २५९५.७४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.३८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अङ्क घटेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार करिब ६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

ग्रीन डेभलपमेन्ट बैङ्कको सेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ । त्यस्तै,सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत् कम्पनीको ३९ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्