Logo
Logo

पाल्पामा समुदायमा कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

तानसेन, ३० साउन । पाल्पामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
महिलासँगै रहेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा शुक्रबार संक्रमण भएको रिपोर्ट आएको हो । यहाँ संक्रमितको संख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्