Logo
Logo

लेदोसहितको पहिरो खस्दा काइकेमा ८ घर पुरिए


1.1k
Shares

काठमाडौं । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो खस्दा ८ घर पूर्णरुपमा पुरिएको छ । गएराति अविरल वर्षासँगै बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएको र ५३ घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले पहिरोका कारण ८ घर पुरिएर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । यसैगरी १२ घरमा मध्यम क्षति पुगेको छ भने पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पु¥याएको छ । बाँकी घरहरूमा सामान्य क्षति पुगेको डीएसपी खड्काले जानकारी दिए ।

घटनालगत्तै खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनको उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनस्र्थापनामा सहयोग गरिरहेको छ ।

डीएसपी खड्काका अनुसार पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । पहिरो आउन सुरु भएसँगै स्थानीय भाग्न सफल भएकाले मानवीय क्षती भने नभएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्