काठमाडौं । नेपाली राजदूतावास, तेल अविवले इजरायल शान्त र सुरक्षित रहेको जनाएको छ । तेल अविवस्थित नेपाली राजदूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै इजरायलमा हाल शान्त र सुरक्षित वातावरण कायम भएको जानकारी दिएको छ ।

दूतावासका अनुसार, इजरायल र इरानबीच १३ जुन २०२५ देखि सुरु भएको १२ दिने युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयतता अपनाई युद्धविराम गर्न आह्वानपछि २५ जुन २०२५ देखि रोकिएको छ ।
‘यो युद्धविराम स्थायी होस् भन्ने शुभकामना व्यक्त गर्दै हाल इजरायलमा केही समययता कायम रहेको अशान्त र भयपूर्ण वातावरण शान्त र सुरक्षित बनेको जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।