काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपेन्द्र यादवको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिताको अभाव रहेको तथा समर्थन कायम राख्नुको औचित्य समाप्त भएको कारण समर्थन फिर्ता लिइएको बताइन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी उनले सभामुखलाई गराएकी छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद छिन् । पार्टी विभाजनपछि अन्य सांसदहरू अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए ।