काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ । समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार आजको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल सम्पन्न भएको छ ।

प्रस्तावित न्यायाधीशविरुद्ध पाँच वटा व्यक्ति९केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका थिए । उजुरीकर्तासँगको छलफल सकिएकाले आगामी आइतबारको बैठकमा न्यायाधीशहरूको सुनुवाइ हुनेछ ।
सरकारले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।