काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षको तुलनामा उल्लेखनीय सुधार भएको छ। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकामा यो वर्ष यो सङ्ख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ। यो गत वर्षको तुलनामा १३।९५ प्रतिशतले सुधार हो ।

नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए, ८१ हजार ३५५ जनाले ३.२ देखि ३.६ जीपीए, ९९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए, ४८ हजार ४७९ जनाले २.४ देखि २.८ जीपीए, ४ हजार १२६ जनाले २ देखि २.४ जीपीए र ८ जनाले १.६ देखि २ जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १२६ जनाको परीक्षा रद्द भएको छ ।
२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।
गत वर्षको कमजोर नतिजापछि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्रालयले सुधारका लागि विशेष चासो देखाएका थिए। प्रधानमन्त्री ओलीले नतिजा सुधार गर्न बारम्बार निर्देशन दिएका थिए ।














