बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराति १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गरेको बिएए ०९१६ नम्बरको गाडीले बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ९० प ३१९८ मोटरसाइकललाई बुटवल १२ तामनगरमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका १ गुल्मीका रञ्जित खत्री गम्भीर घाइते भएका छन् ।
घाइते भएका खत्रीलाई प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएको थियो । उनको अवस्था गम्भीर रहेको र बुटवलमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनापछि स्थानीय आक्रोशित भिड जम्मा भएपछि घाइते, चालक र गाडीमा सवार सबैलाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले बताए । उनका अनुसार गाडीका चालक बलबहादुर थापा इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।














