काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । छलफलका लागि अहिले बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई बोलाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।