काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची शनिबार सार्वजनिक गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत यो जानकारी साझा गरेको हो ।

काठमाडौंले मार्की खेलाडी तथा कप्तान करण केसीलाई रिटेनको पहिलो स्थानमा राखेको छ। रिटेन गरिएका अन्य खेलाडीहरूमा शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कँडेल र भीम सार्की छन् ।
रिटेन खेलाडीहरू:
करण केसी
शाहब आलम
प्रतिक श्रेष्ठ
राशिद खान
दिपेश कँडेल
भीम सार्की
रिलिज खेलाडीहरू :
सुमित महर्जन
कृश कार्की
कृष्ण कार्की
राजु रिजाल
शंकर राना
विवेक केसी
यसअघि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि आ९आफ्नो रिटेन र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्।