Logo
Logo

पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्रनिर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गरेको योगदानको स्मरण गरे ।
त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्