काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता तान्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबर तरलता तान्न लागिएको राष्ट्र बैङ्क मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैङ्कले बोलकबोलमा ल्याउन निक्षेप सङ्कलन उपकरणमा लगानी गर्न चाहने बैङ्क तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन् ।











