Logo
Logo

नेकपा विवाद समाधानतर्फः सहमतिको खाका बनाउन कार्यदल गठन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन ।

केही महिनायता नेकपामा चलेको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद हल गर्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
कार्यदलमा जसमा ओलीका तर्फबाट विष्णुर शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल रहेका छन् । त्यसैगरी माधव कुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

उता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफल सकारात्मक भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच समस्या समाधानका लागि गठन गरिएको कार्यदलले बुझाउने प्रस्तावमा छलफल अघि बढाउने समझदारी भएको छ ।
कार्यदलले दुई–तीन दिनमा नै पार्टीभित्र देखापरेको समस्या समाधानको खाकासहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि अध्यक्षहरूले छलफललाई अघि बढाउने स्रोत बताउँछ । खासगरी नेताहरुबीच शक्ति बाँडफाँड गरी सहमतिको खाका बनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्