Logo
Logo

नेपाली राष्ट्रिय महिला टोलीको एक‌ सयौं खेलमा साम्बा कप्तान


819
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ुसाम्बाुलाई दिइएको छ । नियमित कप्तान अन्जिला तुम्बाम सुब्बालाई उक्त जिम्मेवारीबाट हटाउँदै सावित्रालाई सो जिम्मेवारी दिएको हो ।

खेल सुरु हुनु करिब एक घण्टा अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको प्लेइङ ११ मा रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो । तर यसको एक घण्टा बित्न नपाउँदै कप्तानको आर्म ब्यान्ड साम्बलाई दिइएको छ।

साम्बा नेपाली महिला फुटबल टोलीकी ११औं कप्तान हुन् । नेपाली महिला टोलीको एक‌ सयौं खेलमा साम्बा कप्तान बनेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घले यसअघि नै नियमित कप्तान एन्जिलाको स्थानमा नयाँ कप्तान चयन गर्ने संकेत गरेको थियो । उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा आइतबार लाओससँग प्रतिस्पर्धा गर्नुअघि एन्जिलालाई उक्त जिम्मेवारीबाट हटाइएको हो ।

नेपालको गोल पोस्टको जिम्मेवारी पनि अन्जना राना मगरलाई दिएको छ । यसअघि एन्जिला नै नेपालको नियमित कप्तान तथा गोलकिपर थिइन् ।

नेपालले अहिले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्