Logo
Logo

पोखरा एभेन्जर्सले ७ खेलाडी रिटेन गर्यो


756
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि  रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन खेलाडीको जानकारी दिएको‌ हो । हालसम्म अन्य टोलीले ६ खेलाडी रिटेन गरेपनि पोखराले ७ खेलाडी रिटेन गरेको छ ।

पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, तृतराज दास, आकाश चन्द र विपिन खत्री रहेका छन् ।

काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले आगामी अगस्टमा एनपिएलको मिनी अक्सन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्