Logo
Logo

लाओसविरुद्ध नेपालको ९-० को शानदार जित 


945
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा  नेपालले ९-० गोल अन्तरको शानदार जित निकालेको छ । नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । उज्वेकिस्तानको पख्तखोर स्टेडियममा जारी खेलमा साम्बाले पाँच गोल गर्दै नेपाललाई ९–० को जित दिलाएकी हुन् । 

The current image has no alternative text. The file name is: nepallll.gif

यसअघि नेपालका लागि अनिता बस्नेत, रश्मि कुमारी घिसिङ र सुरु लिम्बूले एक एक गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ६ गोल प्रहार गरेको हो । जसमा उज्वेकिस्तानले एक आत्मघाती गोल गरेको हो । 

खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औँ अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रतिक्रिया दिनुहोस्