
काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कपमा नेपालले जितका लागि भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले । टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो ।
ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट फर्मममा रहेका प्रसिद्ध जैसी पनि चलेनन् । जैसीले १४ बलमा ७ रन मात्र जोड्न सके । त्यसपछि तेस्रो विकेटका लागि श्रीवान्स बजगाईँ र रौनक श्रीवास्तवबीच बलियो साझेदारी भयो ।
यो जोडीले नेपाललाई १०७ रनसम्म पु¥याएको थियो । श्रीवान्स ५२ बलमा ५४ रन बनाएर आउट भए । त्यसपछि सुगम बुढाथोकीले रौनकलाई साथ दिए । यो जोडीले नेपालको स्कोर १८० रन सम्म पु¥यायो । सुगम ३५ रनमा आउट भए ।
पाँचौं विकेटका लागि रौनकले जोय थापासँग १७० रनको म्याराथन साझेदारी गरे । नेपाललाई ३५० रनको मजबुत स्थितिमा पु¥याएर रौनक अन्तिम ओभरमा आउट भए । जोय थापाले अर्धशतक बनाएर अविजित रहे ।