Logo
Logo

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या १०० पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ साउन ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या सय पुगेको हो ।


गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगञ्ज वडा नं १२ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २४ गते भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। उनमा २३ गते कोरोना पुष्टि भएको थियो।
उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए। डा उपाध्यायका अनुसार ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
केही दिनयता नेपालमा दैनिक पाँच जना संक्रमितको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्