Logo
Logo

एसीसी यू-१६ कपः पहिलो सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै


315
Shares

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिले बलिङ रोजेका छन् ।

नेपालले समूह ए को विजेता बन्दै पहिलो सेमिफाइनल खेल्न लागेको हो । समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

समूह चरणमा नेपालले भुटानलाई २ सय ९८, इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। जापानमाथि ९ विकेटले तथा सिंगापुरलाई ६ विकेटले पाखा लगाएको थियो ।

उता मलेसिया भने समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाले समूह चरणका चारमध्य तीन खेलमा मात्र जित निकालेको छ । एक खेलमा हार भोगेको छ । यो खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्