Logo
Logo

सनराइज, सेन्चुरी, मुक्तिनाथ र महालक्ष्मीको यस्तो छ वित्तीय विवरण ?


- दृष्टि न्युज/संवाददाता


सनराइज बैंकको नाफा १८ प्रतिशतले घट्यो

सनराइज बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १८ प्रतिशतले खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कोरोना भाइरसको असरका कारण बैंकको गत असा मसान्तमा उठ्नुपर्ने व्याज रकम नउठेको तथा केन्द्रीय बैंकले निर्देशन दिएअनुसारको छुटको कारण बैंकको नाफा घटेको हो । बैंकको गत आर्थिक वर्षको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा बैंकको फि एण्ड कमिसनबाट हुने आम्दानीमा बढेको छ । गत वर्ष बैंकले ८५ करोड ९७ लाख रुपैयाँ खुद फि एण्ड कमिशन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६६ करोड २० लाख रुपैयाँ थियो ।

बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च ६३ करोड ३ लाख रुपैयाँबाट बढेर ६८ करोड ६१ लख रुपैयाँ पुगेको छ । त्यस्तै बेंकको इपेरिमेन्ट चार्ज १० करोड ३५ लाख रुपैयाँबाट बढेर ८३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ७५ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६८ अर्ब ८६ करोड रुपैयाँबाट ८१ अर्ब ४ करोड पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ भने सिसिडि रेशियो ७१.३० प्रतिशत, आधार ब्याजदर ८.९५ प्रतिशत र स्प्रेडदर. ४.३७ प्रतिशत रहेको छ । हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी २०.९४ रुपैयाँबाट घटेर १५.५३ रुपैयाँ झरेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १५.०७ गुणा रहेको छ ।

सेञ्चुरीको नाफा ३४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ४० करोड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिमा तुलनामा ३३.९९ प्रतिशत अर्थात २२ करोड ९९ लाख रुपैयाँले बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले यस अवधिमा ६५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो । यस अवधिसम्ममा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड ९९ लाख रुपैयाँ बढी हो । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २० करोड २९ लाख रुपैयाँ बढी हो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ८. रुपैयाँ ०४ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको यस अवधिमा बढेर १० रुपैयाँ ७७ पैसा पुगेको छ । चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङ ६८ करोड २१ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर २.२१ पुगेको छ । यस्तै असार मसान्तमा बैंकको बेस रेट ९.३८ प्रतिशत र स्प्रेड रेट ३.३८ प्रतिशत रहेको छ ।

मुक्तिनाथको नाफामा गिरावट

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा २० करोड ६१ लाख रुपैयाँ अर्थात २४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९० करोड ४२ लाख रुपैयाँ र शेयरधनी कोषमा ४९ करोड ७६ लाख पैयाँ सञ्चित छ । खुद ब्याज आम्दानी सुधार हुँदा हुँदै इम्पेरिमेन्ट र्चाजकोलागि ठूरलो रकम छुट्याउदा र सञ्चालन मुनाफामा गिराट हुँदा बैंकको खुद नाफामा संकुचन भएको देखिन्छ । इम्पेरिमेन्ट र्चाजका लागि बैंकले ४१ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ ।

असार मसान्तसम्ममा ५७ अर्ब २९ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ६९ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४७ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले दुई अर्ब २२ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ करोड ६३ लाख रुपैयाँले धेरै हो । अघिल्लो आवमा बैंकले एक अर्ब ८९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मूनाफा समेत खुम्चियको छ । बैंकको सञ्चालन मूनाफा ९२ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मूनाफा एक अर्ब २१ करोड ८० लाख रुपैयाँ थियो । बैकको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८९ पैसा रहेको छ ।

महालक्ष्मीको नाफामा उच्च गिरावट

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा २२ करोड ९२ लाख रुपैयाँ अर्थात ३४.८४ प्रतिशतले गिरावट भएको हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले ६५ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन मूनाफामा भारी गिरावट हँुदा र अन्य खर्चका सूचकहरुलाई ब्यावस्थापन गर्न नसक्दा बैंकको नाफामा उच्च गिरावट आएको हो ।

चुक्ता पूँजी तीन अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५३ करोड ९७ लाख रुपैयाँ र शेयरधनी कोषमा २० करोड ४६ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा ३६ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २९ अर्ब ४९ करोड २१ लाख रुपैयाँ कर्जा लगानीगरेको छ ।

समीक्षा अवधिसम्ममा बैंकले एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंकको खुद ब्याज आम्दानीमा ८.२८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब ४२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मूनाफा ६० करोड ९९ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोड ९२ लाख रुपैयाँले घटेको हो । बैंकको निष्कृय कार्जा अनुपात २.५९ प्रतिशतबाट बढेर २.८० प्रतिशतमा पुगेको छ । बैंकको वर्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्