Logo
Logo

एसीसी पुरुष यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने


2k
Shares

काठमाडौं । नेपाली यू-१६ क्रिकेट टोलीले एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा साबिक उपविजेता मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा प्रवेश गरेको हो । 

The current image has no alternative text. The file name is: final.jpg

मलेसियाले प्रस्तुत गरेको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो । त्यस्तै, दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई ४ विकेटले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको छ ।

समूह चरणमा सिंगापुरले नेपालसँग मात्र पराजय बेहोरेको थियो । हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ ओभरमा १६८ रन बनाउँदा अलआउट भएको थियो । नेपाल समूह ‘ए’ को विजेता र सिंगापुर उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ का यी दुई टोली फाइनलमा पुगेसँगै समूह ‘बी’का दुवै टोली सेमिफाइनलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्