Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्