Logo
Logo

जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गर्यो


378
Shares

काठमाडौं । साबिक जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)  को दोस्रो संकरणका लागि ७ खेलाडीको रिटेन गरेको छ ।

The current image has no alternative text. The file name is: jankpur.jpg

जनकपुरले मार्की खेलाडी आसिफ शेखसहितका ७ खेलाडीलाई रिटेन गरेको हो । टोलीले कप्तान अनिल साह, ललितनाराण राजवंशी, शुभ कसांकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई रिटेन गरेको छ ।

जनकपुरले अन्य ५ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुने खेलाडीहरूमा आकाश त्रिपाटी, विशाल शुस्लिङ्ग, हेमन्त धामी, अरनिको यादव र शेर मल्ल रहेका छन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर च्याम्पियन भएको थियो ।

एनपिएलको पहिलो संस्करणमा मार्की खेलाडी बाहेकको खेलाडीलाई कप्तान बनाउने जनकपुर एक मात्र टोली रहेको थियो । 
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्