Logo
Logo

ओली र मोदीबीच टेलिफोन वार्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन ।
दुई देशबीचको सम्बन्ध ऐतिहासिक रुपमा संकटमा परेका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन संवाद भएको हो ।


सुरुमा ओलीले मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए । त्यसपछि दुई नेताबीच पछिल्लो समय बढेको कोरोना समस्या तथा दुई देशबीच विवादका विषयमा समेत सामान्य छलफल गरेको स्रोत बताउँछ ।
यसअघि भारतले नेपालको भूमि समाबेश गरी नक्सा जारी गरेपछि ओलीले मोदीसँग कुरा गर्न चाहेपनि मोदीले चासो नदिएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्