Logo
Logo

रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्ने ट्राफिक सईको जिम्मेवारी खोसियो


8.3k
Shares

काठमाडौं । भैरहवास्थित कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा सहभागी भएको आरोपमा एक ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई हस्ताक्षर अभियानमा संलग्न भएको विषयमा छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय कार्यालय (हेडक्वाटर) मा झिकाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेलेका अनुसार हेडक्वाटर बोलाएर  हस्ताक्षर बारे जानकारी लिइने छ ।सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले नागरिकस्तरबाट हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

सई खड्काले उक्त अभियानमा हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई छानबिनको दायरामा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्