Logo
Logo

पार्टीको निर्देशन आयो भने समिति सभापति छोड्दिन्छु : रामहरि खतिवडा


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको निर्देशन आएमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् । सङ्घीय निजामती विधेयक समितिबाट पारित प्रावधानभन्दा फरक ढङ्गले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा तानिएका छन् । 

The current image has no alternative text. The file name is: ramhari.gif

विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन् । यसबारे बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो गल्ती भएको ठहरिए पार्टीले बाहिर बस्न निर्देशन दिएमा म तयार छु ।’ उनले संसदीय समितिमा बदनाम हुने गरी काम नगर्न आग्रह गर्दै समिति गठन भएर आएको निर्णय पालना गर्न तयार रहेको बताए । 

खतिवडाले पार्टीभित्र सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूलाई कमजोर बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘यो पद्धति कहाँसम्म पुग्छ रु आरोप–प्रत्यारोपमा अल्झियौँ भने जनता र कार्यकर्ताले के गर्छन् रु’ उनले पार्टी बैठकमा प्रश्न गरे । 
‘सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदा को बलियो हुन्छ रु’ उनले भने, ‘चाहे बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, रमेश लेखक वा आरजु देउवा हुन्, गगन थापा कमजोर भए कसरी पार्टी बलियो हुन्छ रु’

प्रतिक्रिया दिनुहोस्