Logo
Logo

सरकारी कर्मचारीलाई पेन्सनको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा


3.3k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: pension.gif

अर्थ मन्त्रालयले यो प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । 

साथै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगर्दा उत्पन्न हुने कुनै पनि दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट गर्दै मन्त्रालयले सम्बन्धित निकायहरूलाई जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्