Logo
Logo

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित


189
Shares

काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो । राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्