Logo
Logo

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा


630
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतलगायत ९ जना र कन्स्ट्रक्शन प्रालिमाथि सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोग लगाएको हो ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आर्थिक वर्ष २०७७/७८ मा बजार नाला तथा पोहोरमैला व्यवस्थापन शीर्षकको बजेटबाट बिना निर्णय बजार सेड निर्माणमा अनियमितता भएको अख्तियारको ठहर छ । 

एउटै निर्माण व्यवसायीको नाममा तीनवटा निर्माण व्यवसायीको टेन्डर बनाई गोप्य रूपमा काम गरिएको, एकता सप्लायर्ससँग मिलेमतोमा कमिसन लिएर बिना प्रतिस्पर्धा पटक(पटक म्याद थपिएको र गुणस्तरहीन सेड निर्माण गरिएको छ । 

साथै, निर्माण कार्यभन्दा बढी नापी किताब तयार गरी ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना भएको आयोगको दाबी छ।अख्तियारले आरोपितबाट उक्त रकम बिगो असुल गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्