काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सफल र फलदायी बताइएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भएर शुक्रवार फर्किएका प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्र सचिव अमृतबहादुर राईले पत्रकारहरूलाई जानकारी गराउँदै भ्रमण सफल रहेको बताएका हुन् ।

‘उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तिय खाडल न्यूनीकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभयो,’ भ्रमणबारे जानकारी दिँदै उनले भने, ‘सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीले खानेपानी तथा सरसफाईका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाई उक्त अभियानमा समावेश भएको घोषणा भएको पनि गर्नुभयो। साथै नेपालको संविधानले स्वच्छ खानेपानीको लाई मौसलक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै स्वच्छ खानेपानी तथा सरसफाई लगायतका आधारभूत सेवाहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कुरा बताउनु भयो ।’
सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिए । स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको जानकारी राईले दिए ।