Logo
Logo

एसिसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्दै


504
Shares

काठमाडौं । एसिसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्दैछ । खेल मलेसियास्थित बांगीमा आज बिहान ७ः४५ बजेदेखि सुरू हुनेछ ।

दुवै टोलीले बिहीबार आ–आफ्ना सेमिफाइनलका खेल जित्दै उपाधि भिडन्त पक्का गरेका थिए । सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्क गरेको थियो ।

नेपालले यसअघि बिहीबार भएको सेमिफाइनलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको सानदार जित निकालेको थियो । प्रतियोगितामा यसअघि नेपाल र सिंगापुरले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए ।

समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा थियो । नेपालको जितमा प्रसिद्ध जैशीले अर्धशतक प्रहार गरेका थिए। उनले नटआउट ५५ रन बनाउने क्रममा ९७ रन बलमा ५ चौका प्रहार गरेक थिए ।

पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमा अललआउट भएको थियो। बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिएक थिए । त्यसपछि नेपालले जापान, इन्डोनेसिया र भुटानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्