काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत नेपालले सिंगापुरसँग टस हारेको छ । सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।
नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो । आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।